हिमाली पर्यटन र स्थानीय रोजगार
धादिङ-२ को उत्तरी क्षेत्र रुबी भ्याली चीनको सिमानासम्म फैलिएको छ, जो पर्यटनका दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त छ। हाम्रो योजना ग्रामीण पर्यटन प्रवर्द्धन, होमस्टे व्यवस्थापन र स्थानीय युवालाई पर्यटक गाइड तथा होटल व्यवसायमा आबद्ध गराउने। यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने हाम्रो लक्ष्य हो।